• Saturday 28th of November 2026

जीप दुर्घटनामा घाइते पुरूषको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

दाङमा जीप दुर्घटनामा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सल्यानको त्रिवेणी गाउँपालिका-३ टाड्केका ४६ वर्षीय यमबहादुर केसीको उपचारका क्रममा मृत्यु भएको हो।

उनको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

टाउको र छातिमा गम्भीर चोट पटक लागेका उनलाई उपचारका क्रममा गएराति करिब पौने ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

आइतबार बेलुकी साढे ७ बजेतिर तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आफै अनियन्त्रित भइ शान्तिनगर गाउँपालिका – १ हाँडीचारमा दुर्घटना भएको थियो।

दुर्घटनामा सात जना घाइते भएका थिए। बाँकी ६ जनाको उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖