• Saturday 28th of November 2026

मोरङ र सप्तरीमा भारी वर्षा


  • धनकुटा खबर
  • .

मनसुन सक्रिय भएसँगै मोरङ र सप्तरीमा भारी वर्षा भएको छ।
त्यसो त अहिले देशैभर वर्षा भइरहेको छ।

मोरङको हरैँचामा पछिल्लो ६ घन्टामा १०६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सप्तरीको रुपनी बजारमा १६८.८ मिलिमिटर पानी परेको छ। सिन्धपाल्चोकको बाहुनेपाटी केन्द्रमा ८०.६ मिलिमिटर वर्षात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुनसरीको धरान बजारमा ८७, मोरङको केराबारीमा ७९.२, सिन्धुपाल्चोकको ढुंगेमा ७३.४ मिलिमिटर पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ रहेको महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्यासङिहत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖