दाङ । दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश गएका छन् ।
२०७९ सालको स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका गुरुङ पछि सोही वडाको अध्यक्ष बनेका थिए । तर उनी वडाध्यक्ष सम्हालेको तीन वर्ष नपुग्दै रोजगारी गर्न बेलायत गएका हुन् ।
साउन १७ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिंदै साउन २० गते गुरुङ बेलायत उडेको बताइएको छ ।
कार्यवाहक दिइएको पत्रमा उनले विशेष कामले विदेश जान लागेको उल्लेख गरेका छन् । तर स्रोतका अनुसार स्थानीय तहको चुनावी खर्च र बिरामी आमालाई उपचार गर्दा ऋण लागेपछि बेलायत गएको बताइएको छ ।
वडाध्यक्ष गुरुङ ‘सिजनल भिसा’मा बेलायत गएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
