काठमाडौं महानगरपालिकाको कार्यालय न्युप्लाजा सँगैको सडक भासिएको छ।
टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्।
दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो।
उक्त सडक भासिएपछि रातिदेखि नै आवागमन प्रभावित भएको छ।
अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ।