• Saturday 28th of November 2026

किन सुर्खेत अवतरण गर्नै लाग्दा अचानक आकाशतिरै फर्काइयो बुद्ध एयरको विमान


  • धनकुटा खबर
  • .

काठमाडौँबाट आज (शनिबार) बिहान यात्रु लिएर सुर्खेत पुगेको बुद्ध एयरको विमान त्यहाँको विमानस्थलमा अवतरण गर्नै लाग्दा अचानक फर्काइएको छ।

बुद्ध एयरको यू४ १३७ विमान सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गर्दै नेपालगन्ज विमानस्थलमा ल्याएर अवतरण गराइएको हो।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले खराब मौसमका कारण विमान सुर्खेतमा अवतरण नगरी नेपालगन्ज अवतरण गराइएको बताए।

काठमाडौँबाट सुर्खेतका लागि विमान चढेका यात्रुलाई नेपालगन्जमा झारेर विमान फेरि काठमाडौँ फर्काइएको उनले जानकारी दिए।

‘सुर्खेतको मौसम बिग्रेको रहेछ। भिजिबिलिटी पनि अपुग रहेछ। त्यसपछि यात्रुहरूलाई नेपालगन्ज ल्याएर ओराल्यौँ’, कर्णले नेपालखबरसँग भने, ‘अनि नेपालगन्जबाट फेरि काठमाडौँको उडान भयो।’

यात्रुको सुरक्षालाई ध्यान दिँदै विमानलाई सुर्खेत अवतरण नगरी नेपालगन्ज अवतरण गराइएको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖