• Saturday 28th of November 2026

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघरको पोलमा चढिन् महिला


  • धनकुटा खबर
  • .

काठमाडौंको माइतीघरस्थित राष्ट्रिय झण्डा राखिएको पोलबाट एक महिला हाम फाल्ने प्रयास गरेकी छन् ।

शनिबार दिउँसो पोलमा चढेर हाम फाल्ने प्रयास गरेकी सहारा साहीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

२ वर्षसम्म लिभिङ रिलेशनमा बसेका पुरुषले विवाह गर्न नमानेको भन्दै उनी उक्त पोलमा चढेकी थिइन् ।

विगत एक महिनादेखि उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।

माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी शनिबार उनी पोलमा चढेकी प्रहरीले जनाएको छ ।-लोकान्तर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖