• Saturday 28th of November 2026

उपचार अभावमा सहकारी पीडितको निधन, विरोधमा निकालियो शव यात्रा


  • धनकुटा खबर
  • .

काठमाडौं । उपचार खर्च नभएकै कारण सहकारी पीडित राजेन्द्र स्थापितको मृत्यु भएको भन्दै पीडितले शव यात्रा गरेका छन्। उनको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शान्तिबाटीका बाट शव यात्रा गरेको हो। शव यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिने छ।

८० वर्षीय स्थापितलाई ब्रेन ह्यामरेज भएकोमा पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको महासंघका अध्यक्ष कुशलव केसीले बताए। रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी गरे पनि चार दिनसम्म उपचार हुन नसक्दा उनको निधन भएको केसीको आरोप छ।

स्थापितको शनिबार बिहान निधन भएको थियो।
उनका सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघले माग गरेको छ।

स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रकम फिर्ता पाउन नसकेको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖