• Thursday 8th of October 2026

डिभोर्सको चर्चाबीच औंठी देखाउँदै अभिषेकले भने- म अझै विवाहित हुँ


  • धनकुटा खबर
  • .

एजेन्सी । बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार आएको खबरले यतिबेला बलिउड गर्माएको छ । धेरै पहिलेदेखि यसबारे हल्ला चलिरहेको बेला थियो । केही दिनअघि सार्वजनिक एआई जेनेरेट डीपफेक भिडियोले भने यो हल्लालाई झनै बल पुग्यो ।

जुलाईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा अभिषेक र ऐश्वर्या छुट्टाछुट्टै पुगेका थिए । उनीहरु एक्लै बसेकाले पनि सम्बन्ध विच्छेदको खबरले गति लिन थाल्यो ।

यतिबेला एआई जेनेरेट गरिएको डीपफेक भिडियो भाइरल भएपछि अभिषेकले सम्बन्ध विच्छेदको खबरबारे मौनता तोडेका छन् । हालै बलिउड युके मिडियालाई दिएको अन्तर्वार्तामा अभिषेकले विवाहको औंठी देखाउँदै भने, ‘म अझै विवाहित छु ।’

उनले अगाडि भने, ‘मैले तपाईंहरु सबैलाई भन्नु केही छैन । तपाईं सबैले यो मुद्दालाई बढाइचढाइ गर्नुभयो । मलाई राम्रोसँग थाहा छ किन तपाईंहरु यस्तो गर्दै हुनुहुन्छ ? तपाईंले एउटा स्टोरी लेख्नुपर्छ । ठीक छ, हामी सेलिब्रेटी हौं । हामीले यसलाई सहन सक्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖