• Thursday 8th of October 2026

जब बच्चन परिवारमा ऋतिक रोशनका कारण झगडा पर्‍यो!


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको कामसँगै व्यक्तिगत जीवनको पनि उत्तिकै चर्चा हुन्छ।

सन् २००६ आएको फिल्म ‘धूम २’ मा ऐश्वर्या र ऋतिक रोशन जोडीको रूपमा प्रस्तुत थिए। सञ्जय गढभीले निर्देशन गरेको फिल्ममा अभिषेक बच्चन मुख्य भूमिकामा थिए। उनीहरूसँगै उदय चोपडा र विपाशा बासुको पनि अभिनय थियो।

यो उनको १८ वर्ष पुरानो किस्सा हो। यसै फिल्मको क्रममा ऐश्वर्यालाई अदालतले नोटिस पठाएपछि बच्चन परिवार निकै रिसाएका थिए। जसको कारण निर्देशक सञ्जय गढभी र ऋतिक रोशन थिए।

कथाको मागअनुसार ऐश्वर्याले ऋतिकसँग किसिङ सीन शूट गरेकी थिइन्। किसिङ सीन बाहिरिएपछि दर्शकले खुब विरोध गरेका थिए।

उक्त कुरा ऐश्वर्या आफैले फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा खुलाएकी हुन्। उनी किसिङ सीन गर्न सहज महसुस गर्दिनन्। यसैकारण उनले हलिउड फिल्मसमेत छाडेकी थिइन्। तर उनले पहिलो पटक बलिउड फिल्ममै किसिङ दिने र दर्शकको प्रतिक्रिया बुझ्ने सोच बनाइन्।
उक्त सीन गरेपछि उनलाई भारतको विभिन्न ठाउँबाट कानुनी नोटिस पठाइएको थियो। लिखित नोटिसमा उनलाई यस्तो सीन किन गरिएको भनेर प्रश्न गरिएको थियो।

‘तपाईं प्रतिष्ठित अभिनेत्री हो, तपाईं अन्य केटीहरूको लागि उदाहरण हुनुहुन्छ। तपाईं आफैले किसिङ सीन गर्न सहज महसुस गर्दिनँ भन्नुभएको थियो। तपाईंले किन यस्तो गर्नुभयो?,’ नोटिसमा लेखिएका थियो।
त्यतिबेला ऐश्वर्या र अभिषेकको इन्गेजमेन्ट भइसकेको थियो। त्यसैले बच्चन परिवार उनीसँग रिसाएका थिए।

ऐश्वर्या र ऋतिकको किसिङ सीन हेरेपछि अभिषेकले ऋतिकसँग कुरा गर्न समेत छाडेका थिए। बच्चन परिवारले उक्त सीन हटाउन निकै प्रयास गरेका थिए। किसिङ सीनले फिल्म हिट भएपछि हटाइएको थिएन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖