• Saturday 28th of November 2026

सिमकोटमा अवतरण गर्न नसक्दा सीता एयरको विमान फर्कियो नेपालगञ्ज


  • धनकुटा खबर
  • .

सिमकोट । मंगलबार सीता एयरको विमान सिमकोट विमानस्थलमा अवतरण गर्न नसकेर नेपालगञ्ज फिर्ता गएको छ।

सिमकोट विमानस्थल क्षेत्रमा हावा चलेकाले आकाशमै फन्को मारेर विमान फर्किएको सिमकोट विमानस्थलले जनाएको छ।

सिमकोट विमानस्थलमा अवतरण गर्ने लाइन लिने क्षेत्र बरगाउँ डाँडामा हावा चलेका कारण विमान अवतरण गर्न नसकेको हो।

आज सीता एयरले सिमकोटका लागि नेपालगञ्जबाट एक उडान भरिसकेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖