• Friday 9th of October 2026

हसिनाद्वारा भोली राष्ट्रिय शोक मनाउँन आफ्ना समर्थकलाई आग्रह, सरकारले हटायो सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

ढाका। अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

डा. मोहम्मद युनुसको अध्यक्षतामा मंगलबार बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ मा राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेपछि हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी हुन् ।

ढाका ट्रिब्युनका अनुसार डा. मोहम्मद युनुसको अन्तिरिम सरकारले राजनीतिक दलहरूसँगको छलफलपछि अगस्टमा १५ गते सार्वजनिक बिदा निर्णय रद्द गर्ने निर्णय गरेको छ ।

बंगलादेशको सेनाको एक समूहले १५ अगस्ट १९७५ मा बंगलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उनको परिवारका अधिकांश सदस्यको हत्या गरेको थियो । प्रत्येक वर्ष अगस्टमा १५ मा बंगलादेशमा सार्वजनिक बिदा दिइन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖