काठमाडौं । बिहानकाे सुरूवात मुख धाेएर नै हुने गर्छ । मुख धुने, फ्रेस हुने काम पछि मात्रै हामी अन्य काम सुरू गर्छाैँ । तपाईँ हामी धेरैले मुख धुने क्रममा आँखा सफा गर्दा पानीमा आखाँ खोलेर डुबाउने गरेका हुन सक्छाैँ । अथवा कसैले आँखामा पानीले छ्याप्छ्याप हान्ने पनि गरिरहेका हुन्छौँ ।
आँखा खोलेर छ्याप्छ्याप आँखा पखाल्ने चलन धेरै पाइन्छ । बाल्टीमा पानी भरेर समेत पखाल्ने गरिन्छ तर त्यसले आँखालाई असर गर्छ । यसरी आँखा सफा होइन बिग्रने जोखिम उच्च रहने चिकित्सकहरू बताउँछन् । किनकी आखाँभित्र पानी छिर्नु हानिकारक मानिन्छ ।
आखाँभित्र पानी छ्यापेर वा आँखा सफा गर्दा आँखाभित्र पानी छिर्न दिनुहुँदैन । यदि आँखामा पानी पस्यो भने उक्त पानीले आँखाको आँसुलाई बगाउँछ र आँखालाई सुख्खा बनाउँछ । आँखामा पाइने तरल पदार्थ अर्थात् आँसु आँखाको मोबिल हो ।
जसरी गाडी मोबिलबिना चल्दैन त्यसरी नै आँखा पनि आँसुबिना चल्दैन । त्यसैले हामीले आँखा सफा गर्दा धेरै ख्याल गर्नुपर्दछ । आँखा पोल्ने, बिझाउने, आँखा फरफराउने, टाउको दुख्ने, आँसु बगिरहने तथा आँखाको नानी नै फेर्नुपर्नेसम्मको समस्या हुन्छ ।
त्यसो भए आँखा कसरी सफा गर्ने त आँखा ? आँखा बन्द गर्ने र परेला तथा आँखाको वरिपरि पानीले मज्जाले सफा गर्ने । त्यसो गर्दा परेलामा रहेका फोहोरलाई पानीले पखाल्छ ।
