• Friday 9th of October 2026

जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । टोकियो पारा ओलम्पिक २०२० मा स्वर्ण पदक जितेका भारतीय पारा ब्याडमिन्टन खेलाडी प्रमोद भगतलाई १८ महिनाको प्रतिबन्ध लगाइएको छ ।

उनी विश्व ब्याडमिन्टन महासंघको एन्टी डोपिङ नियम उल्लङ्घन गरेको आरोपमा दोषी पाइएका हुन् । बीडब्लुएफले आफ्नो आधिकारिक एक्स खातामा यस सम्बन्धमा पोस्ट गरेको छ।

यसमा लेखिएको छ, “टोकियो २०२० मा स्वर्ण पदक विजेता भारतीय पारा-ब्याडमिन्टन खेलाडी प्रमोद भगतलाई १८ महिनाको लागि निलम्बन गरिएको छ। उनले १२ महिना भित्र तीन पटक आफ्नो ठेगानाको जानकारी नदिई बीडब्लुएफ एन्टी डोपिङ नियमको उल्लंघन गरेका छन्।”

प्रमोद भगत पेरिस २०२४ को प्यारालम्पिक खेलकुदमा सहभागी हुन पाउने छैनन् । यी खेलहरू पेरिसमा २८ अगस्ट २०२४ बाट सुरु हुनेछन्। यो कार्यक्रम ८ सेप्टेम्बर २०२४ सम्म चल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖