• Friday 9th of October 2026

हसिनाले पहिलो पटक मुख खोलिन, ‘मेरो पिताको अपमान गरियाे’


  • धनकुटा खबर
  • .

नयाँदिल्ली, ३० साउन । भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडे पछि पहिलो पटक मुख खोलेकी छिन ।

 

उनले भनिन, ‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।’

 

‘उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’ शेख हसिना बंगलादेश छोडेर अगस्ट ५ मा भारत पुगेकी थिइन ।  त्यसपछि उनी यहीँ छिन् । 

 

शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयलाई उद्धृत गर्दै आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

 

शेख हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्। मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो। 

 

यसैबिच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा रद्द गरेको छ ।

 

हसिनाले आन्दोलनमा मारिएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरेकी छन् ।  हसिनाले विज्ञप्तिमा भनिन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु। उनिहरु सँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाउनुको पीडा सँग जिउदै छन।’

 

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖