• Monday 5th of October 2026

‘फिफिया’ एप मार्फत ११ लाख ठगेको आरोपमा युवती पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । ‘फिफिया’ नामको एप मार्फत अनलाइन बेटिङ गराएर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २८ वर्षीय दादिकि शेर्पा राई छिन् ।

काठमाडौँको टोखा नगरपालिका–६ बस्दै आएकी दादिकिले फुटबल लगायतका अनलाइन खेलको विज्ञापन राखेर बेटिङ मार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

सामाजिक संजालमार्फत साथी बनाएर आरोपीतले पीडितहरुको जिमेलमा फिफिया एपको लिंक पठाएर इन्स्टल गर्न लगाउँथिन् । एपमा बायोडाटा अपडेट गर्न लगाएर त्यसमा रकम डिपोजिट गर्न लगाएर उनले ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

विभिन्न देशहरु बिच हुने फुटबल लगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै ११ लाख २७ हजार ठगेको भेटिएको छ । प्रहरीले उनीविरुद्ध सट्टेबाजी विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖