• Saturday 28th of November 2026

काठमाडौका उपमेयर सुनिताले किन गरिन् साईबर ब्युरोलाई पत्राचार


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० साउन । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका फेक फेशबुक पेज हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न माग गरेकी छिन् ।

उनले त्यसको लागि साइबर ब्यूरोलाई पत्राचार गरेकी हुन् ।

पछिल्लो समय मेयर बालेन्द्र शाह र उपमेयर डंगोललाई जोडेर अनर्गल भिडिओ बनाई पोष्ट गरेको पाएपछि डंगोलको सचिवालयले कारबाहीको लागि ताकेता गरेको हो ।

पछिल्लो समय साइबर ब्युरोमा फेक पेज बनाएर व्यक्तिको चरित्र हत्या गरिएका घट्नामा कारबाहीको लागि अत्यधिक उजुरी पर्ने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖