• Wednesday 7th of October 2026

घाइते भए अभिनेता जुनियर एनटिआर


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको हातमा चोट लागेको छ। उक्त जानकारी फिल्म ‘देवरा’ टिमले दिएका हुन्।

‘केही दिनअघि एनटिआर जिममा वर्कआउट गरिरहेको बेला उनलाई चोट लागेको छ। हाल उनको हातमा प्लास्टर गरिएको छ। तर घाइते भए पनि उनले देवराको छायांकन सकाएका छन्,’ विज्ञप्तिमा लेखिएको छ।
कोराताला शिवा निर्देशित फिल्ममा जुनियर एनटिआरसँगै जान्हवी कपूर, सैफ अली खान, श्रुति मराठे, प्रकाश राज, श्रीकान्तलगायत कलाकारको अभिनय छ।

यो फिल्म सेक्टेम्बर २७ देखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖