• Saturday 28th of November 2026

विमानस्थलबाट विदेश बस्ने केटासँग भाग्दै गरेकी महिला पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । धनगढी विमानस्थलबाट परपुरूषसँग भाग्दै गरेकाे अवस्थामा कैलालीकि एक महिला पक्राउ परेकी छन् ।

लम्कीचुहा नगरपालिका-८ बस्ने अन्दाजी ३५ वर्षीया महिला धनगढी विमानस्थलबाट वैदेशिक राेजगारीका लागि दुबईमा बस्दै आएका परपुरूषसँग काठमाडौं उड्ने क्रममा पक्राउ परेकी हुन् ।

उनी श्रीएयरलाइन्सको दिउँसो १ बजेर ५ मिनेटकाे फ्लाइटमा उड्ने तयारीमा थिइन् । तर बाेडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि साेधपुछ गर्दा महिला अर्कै पुरूषसँग काठमाडौं गइरहेको खुलेकाे प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं लगिरहेकाे अवस्थामा सुनसरी घर भएर हाल दुबईमा राेजगारी गर्दै आएका अन्दाजी ३५ वर्षकै सुलेमान मनसुरीलाई पनि धनगढी विमानस्थलबाटै पक्राउ गरिएको छ ।

प्रहरी स्रोतकाअनुसार उनी महिलालाई लैजाने दुबईबाट शुक्रबार नै आएका थिए ।

आफ्नो घर समेत नगएर साेझै धनगढी आएका थिए । उनीसँग भाग्दै गरेका महिलाका ८ र ११ वर्षका दुई छाेरा रहेका छन्।

पक्राउ परेका दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालयकाे महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖