• Saturday 28th of November 2026

पशुपति कोटिहोममा मध्यराति तनाब, भएको के हो ?


  • धनकुटा खबर
  • .

पशुपतिनाथ मन्दिर परिसरमा गएराति तनाब उत्पन्न भएको छ । कोटिहोम आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोजिएको भन्दै पशुपतिमा राति तनाब उत्पन्न भएको हो ।

प्रहरीले पक्राउ गर्न खोजेको भन्दै विजयकृष्णले फेसबुकमा लाइभ गरेका थिए । आफूलाई पक्राउ गर्न गौशाला वृत्तबाट प्रहरी आएको उनले भिडियोमा दाबी गरेका छन् ।

लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेको लाइभ भिडियोमा देखिन्छ ।

तर, गौशाला प्रहरीले भने त्यस्तो ठूलो तनाब नभएको बताएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर शेखरकुमार शाहले गलत बुझाइका कारण सामान्य होहल्ला भएको बताए ।

‘त्यस्तो ठूलो तनाब केही भएको होइन । मिस अन्डरस्ट्यान्डिङले सामान्य विवाद भएको हो,’ उनले भने ।

साउन १ गतेबाट शुरू भएको कोटिहोम शुक्रबार सकिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖