• Wednesday 7th of October 2026

‘लाज शरणम्’ बाट फिल्ममा डेब्यु गर्दै मुन्नी


  • धनकुटा खबर
  • .

मुन्नी उपनामले दर्शकमाझ परिचित कलाकार प्रियना आचार्यले फिल्ममा डेब्यु गर्ने भएकी छन्।

‘सक्किगोनि’ सिरियलको टिमले बनाउन लागेको ‘लाज शरणम्’ बाट उनले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी हुन्।

निर्माण कम्पनी जेपीटी क्रियशनले फिल्ममा प्रियनाको पनि अभिनय रहने जानकारी दिएको हो।

‘लाज शरणम्’ लाई कुमार कट्टेल ‘जिग्री’ ले निर्देशन गर्दैछन्। फिल्ममा सक्किगोनि टिमबाट सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’, कमलमणि नेपाल, बबिन राई ‘गल्फने बाजे’ को अभिनय रहने यसअघि सार्वजनिक गरिएको थियो। त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ।

भदौ तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सह–निर्मातामा रामनरेश शाह छन्।

फिल्मलाई महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ।

मुन्नीको कामको कुरा गर्दा उनी म्युजिक भिडिओमा रोजाइकी मोडलमा पर्छिन्।

‘सक्किगोनि’ सिरियलमा मुन्नीको भूमिकामा देखिने प्रियनालाई दर्शकले निकै रूचाएका थिए। उनी सिरियलमा नदेखिएको भने धेरै भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖