• Tuesday 6th of October 2026

थप ४१६ जना डेंगु संक्रमित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपालभर थप ४१६ जना डेंगुका संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो ।

साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ ।

७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖