• Monday 5th of October 2026

कांग्रेस नेताको निधन


  • धनकुटा खबर
  • .

सर्लाही निवासी पुराना कांग्रेस नेता शिवप्रसाद दाहालको निधन भएको छ।

हरिवन नगरपालिका- ११ बासाटोलस्थित आफ्नै निवासमा शुक्रबार बिहान ९१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

लेखन र अध्ययनमा विशेष रुची राख्ने दाहालले आफूलाई बीपी कोइरालाको असल अनुयायी र जनकांग्रेसको रुपमा चिनाउँदै आएका थिए। उनले केही पुस्तक पनि लेखेका छन्।

पछिल्लो समय भने उनी बुढ्यौलीको कारण कुनै पार्टीमा क्रियाशील थिएनन्।

उनका श्रीमती, चारभाइ छोरा र एक छोरी छन्। ०४८ सालपछिका केही निर्वाचनमा उनले उम्मेदवार बनेर पनि प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖