• Friday 9th of October 2026

बंगलादेशका पुर्व प्रधानन्यायधिस हक बिरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्धा दर्ता


  • धनकुटा खबर
  • .

ढाका, २ भदौं । हालै राजिनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्धा दायर गरिएको छ ।

 

पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात र किर्ते गरेको आरोपमा उजुरी दर्ता मुद्दा भएको हो ।

 

एक वकिल इमरुल हसनले आइतबार ढाकाको महानगरीय मजिस्ट्रेट दिलरुबा अफ्रिन तिथीको अदालतमा सीआर मुद्दा पेश गरेका हुन । उनका अनुसार अदालतले वादीको बयान लिइसकेको छ र निर्णयको पर्खाइमा छ। वादी इमरुल हसनले सो जानकारीको पुष्टि गरेका छन् ।

 

अगस्ट १४ मा एबीएम खैरुल हकले सन् २०१३ देखि आफ्नो पदबाट राजीनामा दिएका थिए ।

 

न्यायाधिश हक २०१३ जुलाई २३ मा प्रधानन्यायाधीशको हैसियतमा कानून आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको कार्याकाल २०१६, २०१९ र २०२२ गरी तीन पटक थप गरिएको थियो 

 

हक सेप्टेम्बर २७, २०१० मा बंगलादेशको १९ औं प्रधानन्यायाधीश बनेका हुन ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖