• Saturday 28th of November 2026

तरकारी बेच्न हिँडेका बाबु छोरी चढेको मोटरसाइकल खोलाले बगायो


  • धनकुटा खबर
  • .

काठमाडौं । नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ ।

हुप्सेकोट गिरुबारीबाट तरकारी लिएर बेच्न हिडेका बाबुछोरी सवार २८ प ६९५ नम्बरको मोटरसाइकल मध्यविन्दु ९ बसन्तपुरमा रहेको खहरे खोलाले बगाएको हो ।

यद्यपी मोटरसाइकल खोलाले बगाएपनि तरकारी लिएर हिडेको देव बहादुर मगर र उनकी छोरी तुलसी फालमगरको भने नवलपुर प्रहरीले शकुसल उद्दार गरेको छ ।

जिल्ला प्रहरी नवलपुरका अनुसार बाबु छोरीलाई उद्धार गरेर घर पठाइएको र मोटरसाइकलको खोजी भैरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖