• Friday 9th of October 2026

विमानस्थल भित्रको पसलबाट कैंची हराएपछि दुई घन्टा उडान प्रभावित


  • धनकुटा खबर
  • .

विमानस्थलभित्र रहेको एक पसलबाट कैंची हराएपछि जापानमा ३६ वटा उडान रद्द र २०१ वटा उडानमा ढिलाइ भएको छ।

यो शनिबार बिहानको घटना हो।

होकाइडोको न्यू चिटोस विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ गेटनजिकै रहेको एक पसलबाट कैंची हराएपछि दुई घण्टासम्म उडानहरू रोकिएको बिबिसीले जनाएको छ।

बिबिसीका अनुसार कैंची हराएपछि सुरक्षाको खतरा हुन सक्ने भन्दै ३६ वटा उडान रद्द गरिएको थियो र २०१ वटा उडान ढिला भएको थियो।

उडान रद्द भएछि विमानस्थलमा यात्रुहरूको भीड लागेको थियो। अधिकारीहरूले हराएको कैंची खोजी गर्ने क्रममा त्यस दिन भेटिएन। तर विमानस्थल चालु गरिएको थियो।

अर्को दिन आइतबार कैंची पसलमै भेटिएको भन्दै न्यू चिटोस विमानस्थलले जानकारी दिएको थियो। यसको जानकारी उनीहरूले सोमबारमात्रै दिएको थियो। किनभने हराएको कैँची त्यही हो वा होइन भन्ने पुष्टि भएपछि मात्रै जानकारी दिइएको जनाएको छ।

भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले यस घटनाको छानबिन गर्न र नदोहोराउन निर्देशन दिएको छ।

न्यू चिटोस विमानस्थल जापानको सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये पर्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖