• Wednesday 7th of October 2026

‘गौशाला २६’ कुन जनावर हो? सन्दीपलाई ‘रंगशाला २५’ भनौँ


  • धनकुटा खबर
  • .

काठमाडाैं । हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले ‘एकासीको गाईजात्रा’ मा स्त्रीद्वेषी प्रस्तुति दिएको भन्दै आलोचना भएको छ। प्रज्ञा प्रतिष्ठानमा चलिरहेको गाईजात्रामा उनले ‘गौशाला २६’ को बारेमा आपत्तिजनक शब्द बोलेका हुन्।उनले नमिता, सुनितादेखि निर्मला हत्याकाण्डमा पीडितहरूको नाम बाहिएको बताउँदै ‘गौशाला २६’ को परिचय खुलाउनुपर्ने व्यङ्ग्य गरे। यतिसम्म कि उनले ‘गौशाला २६’ भन्ने प्राणी कुन जनावर हो भन्दै आक्रोशसहित प्रश्न गरे।

‘त्रेतायुगमा सीताजी अपहरित हुँदा नाम गोप्य राख्नु परेन। द्वापरमा द्रोपदीको चीरहरण गर्दा नाम गोप्य राख्नु परेन। कलियुगमा नमिता, सुमिता र निर्मला पन्तहरू हत्या गरेर बलात्कृत भएर नाम गोप्य राखिएन। उनको तस्बिरसमेत प्रचार गरियो। अहिले आएर कहीँ नभएको जात्रा हाँडीगाउँमा भो। यो ‘गौशाला २६’ भन्ने प्राणी कुन जनावर हो?,’ उनले भने।

सिम्खडाले यी शब्द प्रयोग गर्दा दर्शकदीर्घाबाट गडगडाहड ताली बजेको थियो। नेपालको कानुन विभेदकारी रहेको बताउँदै पीडितलाई ‘गौशाला २६’ भनिरहँदा क्रिकेटर सन्दिप लामिछानेलाई ‘रंगशाला–२५’ भनिनुपर्ने समेत सुनाए।सिंखडाले बलात्कारजस्तो मुद्दामा दिएको यो प्रस्तुतिको बारेमा आलोचना बढ्न थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖