• Saturday 28th of November 2026

सोनाक्षी सिन्हाको घर बिक्रीमा, मूल्य २५ करोड!


  • धनकुटा खबर
  • .

भारतीय अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो घर बिक्रीमा राखेकी छन्।
मुम्बईको बान्द्रास्थित यो लग्जरी अपार्टमेन्ट उनले सन् २०२० मा किनेकी हुन्।

दुई महिनाअघि जहीर इकबालसँग बिहे गरेकी उनी यही घरमा बस्दै आएकी थिइन्। उनको बिहे पनि यही घरमा भएको थियो।
तर अब उनले यो घर बेच्न भएकी छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोनाक्षीको यो अपार्टमेन्ट ४२०० वर्गफुटको छ। २ बिएचके यो अपार्टमेन्टको भाउ २५ करोड भारू तोकिएको छ।

सोनाक्षीले पोहोर मात्र यही भवनमा ११ करोड भारूमा अर्को अपार्टमेन्ट किनेको पनि बताएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖