• Monday 5th of October 2026

इटहरीको एक सुधार केन्द्रमा शरणार्थी युवाको मृत्यु


  • धनकुटा खबर
  • .

मोरङ । पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरका एक युवाको सुधार केन्द्रमा मृत्यु भएको छ । इटहरी हलगढास्थित जागरण आरोग्य समुह नेपाल नामक सुधार केन्द्रमा युवाको मृत्यु भएको हो ।

सुधार केन्द्रमा राखिएका पथरी शनिश्चरे शिविर क्याम्प सेक्टर सि वान हट नम्बर ५६ का ३१ वर्षीय दलबहादुर सार्कीको मृत्यु भएको हो। सार्कीलाई गएको चैत्र महिनादेखि सो सुधार केन्द्रमा राखिएको थियो। गत मंगलबार राति नै बिमारी भएको कारण परिवारलाई सम्पर्क गरी सार्कीलाई विराटनगरस्थित नोबेल अस्पतालको भ्यान्टिलेटर भर्ना गरिएको थियो।

भोलिपल्टै बुधबार सो अस्पतालबाट निजको मृत्यु भएको भन्दै डिस्चार्ज गरेर सुधार केन्द्रले एम्बुलेन्स प्रयोग गरि मृतकको शवलाई बुधबार परिवार र आफन्तलाई घरमा जिम्मा दिएको थियो । हिजै उनको शवलाई पोष्मार्टमको लागि मदन भण्डारी ट्रमा सेन्टरको शव गृहमा लगिएको छ । उनको पोस्टमार्टम आज गरिएको क्याम्प सचिव करण चाम्लिङले बताए ।

सोही सुधार केन्द्रमा पथरी क्याम्पका अन्य व्यक्तिलाई पनि राखिएको छ । ‘मृतक सार्कीको शरीरमा चोटपटक देखिएको र नाकबाट रगत बगेको देखिएको भन्दै निज सार्कीको के कारणले मृत्‍यु भयो भन्ने कारणबारे अहिले खुलेको छैन ।

घटनाको पूर्ण जानकारी पोषटमाटम रिपोर्ट आएपछि थाहा हुनेछ’, पथरीशनिश्चरे १० का शिविर व्यवस्थापन समितिका सचिव चाम्लिङले भने ।-न्यूज संजाल

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖