• Tuesday 6th of October 2026

सङ्खुवासभामा प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

सङ्खुवासभा – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ परेका छन् ।

पाँचखपन–७ का ३२ वर्षीय महेश कटुवाल, २७ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार लामिछानेले बताउनुभयो ।

इन्स्पेक्टर लामिछानेका अनुसार बुधवार राति साढे ११ बजेको समयमा उनीहरूले जाँड–रक्सी खाएर बजारमा होहल्ला गरी बजार नै आतङ्कित बनाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनीहरूलाई सम्झाउँदा प्रहरी हवल्दार सन्तोष राईमाथि नै आक्रमण गरी घाइते बनाएको प्रहरीकाे भनाइ छ । अहिले प्रहरी हवल्दारको उपचार भइरहेको छ ।

पक्राउ परेका तीन जनामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान भइरहेको इन्स्पेक्टर लामिछानेले बताउनुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖