• Thursday 8th of October 2026

साफ यू-२० च्याम्पियनसिपः आज नेपाल र बंगलादेश भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं – बीस वर्ष मुनिको च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो।

नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ। उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो।

बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्। भारत र भुटानले एकरएक खेल जितेका छन्। शुक्रबार भारत र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖