• Friday 9th of October 2026

अहिलेसम्म ६ लाख रुसी सैनिक मारिए :युक्रेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार, युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उल्लेख छ ।

गत साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ रुसी ट्याङ्क, १६ हजार ५४२ बख्तरबंद गाडी, १७ हजार २१६ आर्टिलरी प्रणाली, एक हजार १६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३२८, हेलिकप्टर, ३६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा बताएका छन् । साथै एक एक जहाज र पनडुब्बी ध्वस्त गरिएको युक्रेनले दाबि गरेको छ ।

यसैबीच मंगलबार १२ सय १० रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ । त्यस्तै रुसी सेनाले सामाजिक सञ्जालमा मंगलबार मात्र २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ ।

कुर्स्कमा भएको आक्रमणबाट आक्रोशित रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले युक्रेन र रुसबीच वार्ताका सबै बाटो बन्द गरिएको बताएका छन् । 

वास्तवमा विगत साढे दुई वर्षदेखि रुसी आक्रमणको सामना गर्दै आएको युक्रेनी सेनाले अहिले जवाफी हमला सुरु गरेको छ । अगस्ट ६ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । राष्ट्रपति जेलेन्स्कीका अनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले रुसको १२५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेका छन् । 

यसैबीच युक्रेनी सेनाले कुर्स्कमा बनेको तेस्रो पुल पनि भत्काएको छ । युक्रेनी वायुसेना कमाण्डर मिकोला ओलेशचुकले यसको पुष्टि गरेका छन् । अल जजीराका अनुसार यी सबै पुलहरू भत्किँदा रुसको आपूर्ति लाइनमा असर पर्ने उल्लेख छ।

युक्रेनी अधिकारीका अनुसार युक्रेनले १५० भन्दा बढी रुसी नागरिकलाई बन्धक बनाएको छ । तीमध्ये अधिकांश सैनिक रहेको उल्लेख छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖