• Saturday 28th of November 2026

क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने पक्राउ


  • धनकुटा खबर
  • .

दाङ— घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

रा ८ प ३३२३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले क्याम्पसको पर्खाल नजिकै जुटको बोरामा राखेको सुतली बम फालेका थिए। विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताए। उनले भने, ‘सुतली बम चर्को आवाजमा पड्केको थियो ।’

प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन्।

यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए। उनका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖