• Friday 9th of October 2026

इजरायली सेनाले भन्यो- ‘गाजा पट्टीबाट छ जना बन्धकको शव भेटियो’


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा छ जना बन्धकहरूको शव फेला पारेको जनाएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै सोमबार खान युनिसबाट यागेव बुष्टाब, अलेक्ज्याण्डर डान्सिग, अव्राहम मन्डर, योराम मेट्जगर, हाइम पेरी र बेलायती-इजरायली नादाभ पोपलवेलको शव फेला पारेको बताएको छ।

इजरायलले यसअघि नै पाँच जनाको मृत्यु भएको जानकारी दिएको थियो । जबकि अब्राहम मन्डर जीवित रहेको विश्वास गरिएको थियो।आइडीएफले सुरक्षा निकाय शिन बेटसँगको सहकार्यमा यो उद्धार कार्य गरेको हो ।

बन्धक परिवारहरूको एक फोरमले भन्यो कि जसको शव बरामद गरिएको थियो ती मानिसहरूलाई हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो। आक्रमणकारीहरूले उनीहरूलाई गाजामा लिएर गएका थिए।

आइडीएफले हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका परिवारलाई बाँकी १०९ बन्धकहरूलाई वार्ताबाट मात्रै फर्काउन सकिने बताएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖