• Friday 9th of October 2026

विमान दुर्घटना: सात जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी। थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङ्साओमा बिहीवार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुई पाइलट र सात यात्रु सवार चार्टर उडान दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जङ्गलमा खसेपछि खोजी तथा उद्धार कार्य जारी छ ।

स्थानीय समयअनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताउनु भयो ।

थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवर्ण भूमि विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेको र राडारबाट बेपत्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖