• Friday 9th of October 2026

चक्कु प्रहारबाट तीन जनाको मृत्यु, आक्रमणकारी खोज्न हेलिकप्टर प्रयोग


  • धनकुटा खबर
  • .

एजेन्सी । पश्चिमी जर्मनीको जोलिङ्गेन शहरमा चक्कु प्रहारबाट तीन जनाको ज्यान गएको छ ।

शुक्रबार राति एक व्यक्तिले उनीहरूमाथि चक्कु हानेका थिए ।

अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

शहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवका क्रममा आक्रमण भएको हो ।

आक्रमणकारी अझै फरार रहेको बीबीसीले जनाएको छ ।

प्रहरीले शहरभर खोजी कार्य गरिरहेको छ । प्रहरीले खोजी कार्यका लागि हेलिकप्टर पनि प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖