• Saturday 28th of November 2026

बस दुर्घटनामा मृत्यु भएका भारतीयको शव भारत लगियो


  • धनकुटा खबर
  • .

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस खस्दा मृत्यु भएका २७ भारतीय नागरिकको शव भारत लगिएको छ ।

चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टमपछि शव भारत लगिएको हो ।

शव लैजान भारतीय वायुसेनाको विमान शनिबार अपराह्न भरतपुर पुगेको थियो । वायुसेनाको विमानमार्फत २५ र शववाहनबाट दुई शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

त्यसअघि, भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधि पुगेका थिए । हिमालयन टेली भ्वाइस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖