• Tuesday 6th of October 2026

दिउँसो सुत्दा कति हानी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन्।

यहिकारण शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ। दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन।

यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ। दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ।

त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ। यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ। दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ।

यद्यपि केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ। विद्यार्थीहरूले लगातार कैयौं घण्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठिकै हुन्छ।

वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठिक हुन्छ। असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ। कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अङ्गलाई आराम दिन दिउँसो सुत्दा हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖