• Saturday 28th of November 2026

यस्तो अवस्थामा भेटियो सुनकोसीमा खसेको गाडी


  • धनकुटा खबर
  • .

काठमाडौँ । शनिबार सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।

हिजो साँझ ५ः३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् ।

नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖