• Tuesday 6th of October 2026

के छ सरकारसँग भएको सहमतिमा ? किन भए राहतका शिक्षक असन्तुष्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकार र शिक्षकबीच भएको सहमतिमा राहतको शिक्षकहरुले असहमति जनाएका छन् । सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक्षकहरुले असहमति जनाएका हुन् ।

दुई पक्षबीच भएको वार्तामा आफनो माग समाधान नगरेपछि राहतका शिक्षक बैठकबाट उठेर हिँडेको नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले बताए ।

राहतका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएको छ । माइतीघर मन्डलामा भोलि भेला हुने राहत शिक्षक संघका महासचिव कुमार बजगाईले बताए । ४० हजार शिक्षक आक्रमक रुपमा उत्रने उनको दाबी छ । साथै शिक्षक महासंघबाट राजीनामा दिने राहत शिक्षका महासचिव कुमार बजगाईले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖