• Wednesday 7th of October 2026

विष्णुको गीतलाई लिएर दोहोरीगीत प्रतिष्ठानकी अध्यक्षले भनिन्– मौलिकताको खडेरीमा ऋण दिनुभयो


  • धनकुटा खबर
  • .

गायिका विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ यतिबेला चर्चामा छ। सार्वजनिक भएको २४ घण्टामा १५ लाख भ्युज पाएको गीतलाई सोमबार बेलुकासम्म ३३ लाख बढीपटक हेरिएको छ।

यो गीतलाई थुप्रै स्रष्टाहरूले समेत प्रशंसा गर्दै आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापाले मौलिकताको खडेरीमा यो गीतले ऋण दिएको बताएकी छन्।
उनले फेसबुकमा गीत सेयर गर्दै लेखेकी छन्, ‘के नै तामझाम गर्नुपर्ने रहेछ र? सर्जकले राम्रो सिर्जना गरिदिए, गाउनेले राम्रो गाइदिए, भिडिओ बनाउनेले राम्रो बनाइदिए त कृतिले कीर्तिमान रच्दो रहेछ त!’

यस वर्ष सार्वजनिक कतिपय तीज गीतलाई लिएर निकै आलोचना भएको थियो। सार्वजनिक गीतले विगतमा जस्तो चर्चा समेत पाएका छैनन।

प्रतिष्ठान अध्यक्ष थापाले भनेकी छन् ‘एक उदाहरणीय कृतिले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा ऋण दिनुभएकोमा प्यारो साथी सुन्दरमणि अधिकारी र बहिनी विष्णु माझीलाई स–सम्मान बधाई तथा शुभकामना।’

सार्वजजिक ‘आइनँ आमा यो तीजमा’ गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ।

आशिष अविरलले एरेन्ज गरेका छन्। मौसम हिमालीको कोरियोग्राफीमा तयार भिडिओमा ललिता पौडेल फिचर्ड छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖