• Friday 9th of October 2026

युक्रेनले हानेको ड्रोन रुसको ३७ तले आवासीय भवनमा ठोकियो


  • धनकुटा खबर
  • .

युक्रेनले सोमबार रुसमा धेरै ड्रोन आक्रमण गरेको छ। जसले क्षेत्रका दुई ठूला सहरका धेरै घरमा क्षति पुर्‍याएको छ भने एक महिला घाइते भएकी छन्।

रुसी मिडियाले युक्रेनी ड्रोनले रुसको एंगेल्स सहरमा रहेको एयरबेसलाई निशाना बनाएको जानकारी दिएको छ। रुसको वायु रक्षा प्रणालीले त्यसलाई रोक्न खोजेको थियो।

यसैबीच एउटा ड्रोन साराटोभको एउटा अग्लो भवनमा र अर्को एंगेल्सको एउटा भवनको छतमा ठोकिएका छन्। भवनको भग्नावशेषका कारण धेरै सवारीसाधनमा क्षति पुगेको छ।

बीबीसी रुसी सेवाका अनुसार टेलिग्राम च्यानल म्यासमा एउटा भिडिओ सार्वजनिक गरिएको छ। जसमा ड्रोन ३७ तले आवासीय भवनमा ठोकिएको र त्यसमा विस्फोट भएको देख्न सकिन्छ।

धेरै च्यानलहरूले जारी गरेका तस्बिरले यस भवनको तीन तलाका झ्यालहरू आक्रमण क्षतिग्रस्त भएका देखाउँछन्। हाल कसैको मृत्युबारे कुनै जानकारी आएको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖