• Friday 9th of October 2026

गायिका मराया केरीकी आमा र दिदीको एकै दिन निधन


  • धनकुटा खबर
  • .

एजेन्सी/न्युयोर्क । चर्चित गायिका माराया केरीकी आमा प्याट्रिसिया र दिदी एलिसनको एकै दिन निधन भएको छ । अमेरिकी गायिकाले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएकी हुन् ।

‘मेरी आमा गुमाउँदा मेरो मुटु चुँडिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुखद रूपमा मेरी दिदीको पनि सोही दिन निधन भएको छ ।’

ग्रामी विजेता गायिकाले निधन अघि आफ्नी आमासँग समय बिताउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउँदै गोपनीयताका लागि आग्रह गरेकी छन् । उनको निधनबारे थप जानकारी साझा गरिएको छैन ।

८७ वर्षीया प्याट्रिसिया पूर्व ओपेरा गायिका र भोकल कोच रहेकी थिइन् । मरायाको आमा र दिदी दुवैसँग जटिल सम्बन्ध रहेको थियो । सन् २०२० मा मरायाले ‘द मिनिङ अफ मराया केरी’ नामक आत्मवृत्तान्त सार्वजनिक गरेकी थिइन् । जसमा उनले आफ्नी आमासँगको सम्बन्धको बारेमा खुलासा गरेकी थिइन् ।

त्यसपछि उनकी दिदी ६३ वर्षीया एलिसनले सो आत्मवृत्तान्तले आफूलाई मानसिक तनाव दिएको भन्दै मरायाविरुद्ध १२ लाख डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा समेत हालेकी थिइन् ।मरायाका पिता अल्फ्रेडको सन् २००२ मा क्यान्सर रोगबाट ७२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖