काठमाडौं। तीन दिनपछि उडानमा फर्काइएको नेपाल वायुुसेवा निगमको न्यारोबडी जहाज फेरि ग्राउन्डेड भएको छ।
१ सय ५४ यात्रु राखेर हङहङ उड्नै लागेको न्यारोबडी पुनः ग्राउन्डेड भएको हो। जहाज ग्राउण्डेड भएसँगै यात्रुहरु अलपत्र परेका छन्। जहाज उताबाट आजै राति ४२ जना यात्रु काठमाडौं फर्किने तालिका थियो ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निगमसँग अर्को जगेडा जहाज नभएका कारण हङकङ जाने १ सय ५४ यात्रुलाई विमानस्थलभित्र रहेको र्याडिसन होटलको लाउन्जमा राखिएको जानकारी दिए। अर्को जहाज नभएकोले ती यात्रुहरुलाई केहि समयका लागि होटलमा राख्ने तयारी भैरहेको जनाएको छ।
शनिबार राति १२ बजे ग्राउन्डेड भएको सगरमाथा नेपाली नाम भएको न्यारोबडी अल्फा किलो व्हिस्कीलाई मंगलबार बिहान टर्किस एयरलायन्सबाट झिकाइएको स्पेयर पार्ट्स राखेर मर्मत गरिएको थियो।
