काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ चौतारीमा निर्मित होटलको छतबाट खसेका एक जना मदजुरको मृत्यु भएको छ ।
निर्माधिन होटेल चौतारीको भवनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुबास मगर घाइते भएका थिए । उनको उपचार क्रममा भक्तपुरको च्यामासिङ स्थित ख्वाप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
सुबास होटलको तिन तल्लाबाट लडी घाईते भएको प्रहरीले जनाएको छ । उनी आज विहान ६ः४५ बजेको समयतिर छतबाट लडेको बताइएको छ ।
