• Saturday 28th of November 2026

मेला भर्ना गएकी छथरका आशा गुरुंग सम्पर्कविहिन


  • धनकुटा खबर
  • .

तेह्रथुम । तेह्रथुमका एक युवती सम्पर्कविहिन भएकी छन् ।

जिल्लाको छथर गाउंपालिका वडा नं १ का का १९ बर्षिया छोरी आशा गुरुंग गत भदौ ३ गते देखि सम्पर्कविहिन भएकी हुन् ।

बेपत्ता गुरुंग उक्त दिन स्थानिय शुक्रबारे मेला भर्न गएको र घर नफर्केको वहांका बुबा गंगा बहादुर गुरुंगले बताउनु भयो ।

सम्पर्कविहिन आशाको मोबाइलमा पनि सम्पर्क हुन नसकेको र घर पनि फर्की नआएपछि प्रहरीमा पनि जानकारी दिइ सकिएको बुबाले बताउनु भयो ।

बेपत्ता गुरुंगलाई कतै कसैले देख्नु वा भेट्नु भए सम्पर्क नम्बर ९७६२९७४९९०,९७६९७१०८५८ र ९८२७०३७५३९ मा खबर गरिदिन पनि परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖