• Saturday 28th of November 2026

रत्ननगरबाट हराएका तीन बालक परिवारको सम्पर्कमा


  • धनकुटा खबर
  • .

चितवन : पूर्वी चितवनबाट मंगलबारदेखि परिवारको सम्पर्कमा नरहेका बालकहरु भेटिएका छन् ।

रत्ननगर नगरपालिका ३ घर भएका जोनी तिमिल्सिना, लभ महतो र कुश महतो बुधबार दिउसो साढे १२ बजे सम्पर्कमा आएका हुन् । उनीहरु मंगलबार साँझदेखि परिवारको सम्पर्कमा थिएनन् । आधारभूत विद्यालय बेल्सीका प्रधानाध्यापक रामचन्द्र महतोका अनुसार तीन जना बालक घरबाट निस्किएर सौराहा गएर बसेको भेटिएका थिए ।

बुधबार बिहान उनीहरु परिवारको सम्पर्कमा आएको उनले बताए । लभ र कुश खैरहनी माध्यामिक विद्यालयमा अध्ययनरत छन भने जोनी आधारभुत विद्यालय बेल्सीमा कक्षा ३ मा अध्ययनरत छन ।

विद्यालयमा अनुशासन विपरित काम गरेको भन्दै अभिभावक ल्याएर स्कुल आउन भनेपछि विद्यार्थी सम्पर्कबिहीन भएको रत्ननगर नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्लेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖