• Wednesday 7th of October 2026

विष्णु माझीको तीज गीतले तोड्ला प्रकाश सपुतको ‘सकम्बरी’ को रेकर्ड?


  • धनकुटा खबर
  • .

गायिका विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ रिलिजसँगै चर्चामा छ। यसले सार्वजनिक भएको एक दिन (२४ घण्टा) मा युट्युबमा सबभन्दा धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड बनायो।

सो अवधिमा गीतलाई झण्डै १५ लाख पटक हेरिएको थियो। रिलिजको पाँचौ दिन बिहीबार बेलुका (समाचार तयार पार्दा)सम्म गीतलाई ६५ लाखभन्दा बढीपटक हेरिएको छ। गीत करोड क्लबको यात्रामा छ।

तोड्ला प्रकाश सपुतको ‘सकम्बरी’ को रेकर्ड?
रिलिजको छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा प्रकाश सपुतको ‘सकम्बरी’ छ।

२४ घण्टामा १० लाख भ्युज पाएको सो गीतलाई एक सातामा एक करोडभन्दा बढी पटक हेरिएको थियो।

अहिलेसम्म ६ करोड २९ लाखपटक हेरिएको गीतलाई लिएर चर्चासँगै विवाद समेत भएको थियो।

विष्णु माझीको तीज गीतको पहिलो दिनको भ्युज हेर्दा ‘सकम्बरी’ ले बनाएको रेकर्ड तोड्न सक्ने अनुमान संगीतकर्मीहरूको थियो। तर, पाँच दिनमा गीतले पाएको भ्युज हेर्दा उक्त रेकर्ड तोड्न गाह्रो देखिन्छ। यद्यपि सम्भव नै नभएको भने होइन्।

‘चरी जेलैमा’ मा भन्दा छिटो करोड क्लबमा!
विष्णुको तीन वर्ष अघिको तीज गीत ‘चरी जेलैमा’ निकै चर्चित बनेको थियो। त्यसबेला गीत रिलिजपछि उनको निजी जीवनलाई लिएर पनि थुप्रै गसिपहरू बनेका थिए। सो गीत १३ दिनमा करोड क्लबमा प्रवेश गरेको थियो। यसपालिको तीज गीतको भ्युजको गति यही रूपमा बढे त्यो भन्दा छिटो करोड क्लबमा पुग्ने देखिन्छ।

‘आइनँ आमा यो तीजमा’ रिलिजसँगै विष्णु माझी फेरि चर्चामा छिन्। यो गीतका उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ। आशिष अविरलले एरेन्ज गरेका छन्। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओमा ‘चरी जेलैमा’ कै मोडल ललिता पौडेल फिचर्ड छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖