• Wednesday 7th of October 2026

प्रधानमन्त्री ओलीले खेलेको फिल्म रिलिज भएको हप्तादिन नपुग्दै सुपर फ्लप


  • धनकुटा खबर
  • .

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ सुपर फ्लप भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप भएको हो।

स्रोतका अनुसार चलचित्रले दुई करोड लगानी डुबाएको हो। अभिनेता रंमित ढुंगानाले निर्देशन गरेको यस चलचित्रको प्रचार–प्रसारका लागि कुनै कसर बाँकी राखिएको थिएन। गत शुक्रबार प्रदर्शनमा आएदेखि हलमा दर्शकको संख्या शून्य हुँदै गएको बताइएको छ। प्रदर्शनको आज चौथो दिनमा आइपुग्दा हलमा चलचित्र हेरेर प्रतिक्रिया दिने दर्शकको अभाव देखिएको बताइन्छ।

चलचित्र डुबेपछि यतिबेला निर्मातासमेत रहेका निर्देशक ढुंगाना तनावमा छन्। चलचित्र बनाउँदा लगानी गरेको दुई करोड स्वाहा भएको उनको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖