• Monday 5th of October 2026

खुकुरी प्रहार गरी छिमेकीको हत्या


  • धनकुटा खबर
  • .

बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी बिजुली फरार भएका छन्।

सामान्य विवाद हुँदा बिजुलीले जैलुको आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक चौधरी बताए । यस विषयमा थप अनुसन्धान र फरार आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖