• Wednesday 7th of October 2026

दुर्गेशले ल्याए ‘बिच्च बिच्चमा’को अन्तिम सिरिज ‘बिच्च बिच्चमा ७’


  • धनकुटा खबर
  • .

काठमाडौँ। तीजको अवसरमा निरन्तर ‘बिच्च बिच्चमा’ गीतको ल्याउने गरेका गायक तथा सङ्गीतकार दुर्गेश थापाको ‘बिच्च बिच्चमा ७’ सार्वजनिक भएको छ । ‘बिच्च बिच्चमा’ श्रृखलाको अन्तिम सिरिजको रूपमा उनले ‘ बिच्च बिच्चमा ७’ ल्याएका हुन् ।

जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । दुर्गेशकै निर्देशन रहेको भिडियोमा एक बिधुवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमाइतीको रूपमा आफूलाई उभ्याएका छन् ।

मौसम हिमालीको नृत्य निर्देशन रहेको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामाको अभिनय छ । दुर्गेश र पेमा यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिएका थिए ।

यो गीतमा शब्द, सङ्गीत, स्वर दुर्गेशकै छ । एरेञ्ज भने साहस शाक्यले गरेका छन् । मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖